पोखरामा लागूऔषधसहित चारजना प्रकाउ
पाेखरा | मंसिर २०, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित चारजनालाई प्रकाउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–१४ नयाँपुलबाट धादिङ घर भई पोखरा–९ बस्ने १९ वर्षीय आशिष थापामगर र २० वर्षीय पूर्ण तामाङलाई १ किलो ५ सय ग्राम लागूऔषधसहित हिजो (मंगलबार) प्रकाउ गरेको हो ।
यस्तै वडा प्रहरी कार्यालय बगर र रामबजारबाट संयुक्त रुपमा खटिएको प्रहरीले पोखरा महानगर–४ कोइरालामार्गबाट दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगर–४ कोइरालामार्ग बस्ने ३५ वर्षीय बिरु परियार र पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भएका २६वर्षीय बिनोद पुनलाई १ किलो ४ सय ८० ग्राम लागूऔषधसहित प्रहरीले प्रकाउ गरेको हो ।
लागूऔषधसहित प्रकाउ परेका चारजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १५÷१५ दिनको म्याद गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

